काठमाडौंमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता
काठमाडौँ- काठमाडौँ महानगरपालिका-१५ अन्नपूर्ण चोक नजिक हल चोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक घर भइ हाल रानीवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ २०:४५
प्रतिक्रिया दिनुहोस्