Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधान सेनापतिले लिए शान्ति सैनिकको अवस्थाको बारेमा जानकारी

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ- नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनान र यु.एन.डी.ओ.एफ. मिसन सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे जानकारी लिएका छन् । सिग्देलले शुक्रबार भर्चुअल माध्यमबाट जानकारी लिएका हुन् ।

छलफल तथा अन्तर्क्रियाको क्रममा यु.एन.डी.ओ.एफ. मिसनका फोर्स कमान्डर, युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले विशेष गरी
लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधान सेनापतिलाई जानकारी गराएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएका थिए । उनले प्रतिकुल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्