Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोको क्षती प्रभावितकहाँ पुग्न रास्वपा सभापति लामिछानेको आग्रह

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई बाढी पहिरोको प्रभावित क्षेत्रमा पुग्न आग्रह गरेका छन् । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न स्थानमा क्षति पुगेको भन्दै उनले कार्यकर्तालाई उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
लगातारको वर्षाका कारण देशका विभिन्न भु-भागमा जनजीवन निकै प्रभावित भैरहेको देखिन आएको छ। यस अवस्थामा सबैलाई सचेत रहन विनम्रता पुर्वक आग्रह गर्दछु। साथै देशै भरिका प्रभावित क्षेत्रहरुमा स्थानीय प्रशासन सँग समन्वय गरि आवश्यक सहयोग र सेवामा जुट्न र खटिन रास्वपाका सबै तहका जिम्मेवार सदस्यहरुलाई अपिल समेत गर्दछु। नागरिकको जिउ-धनको सुरक्षामा अत्यन्त जिम्मेवार भइ आफ्ना सम्पुर्ण निकायहरूलाई परिचालन गर्न गराउन सरकारको ध्यानाकर्षण गराउदछु।

https://www.facebook.com/share/p/PNSxkhHZ4F7n9bri/

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्