देशभर निरन्तर झरीको सन्त्रास, बाढी पहिरो र जलाशयमा खतराको संकेत पार गरे
काठमाडौं– ३६ घन्टाभन्दा बढी समयदेखि निरन्तर झरीका कारण देशभरी सन्त्रास छाएको छ। बाढी पहिरो र जलाशयमा खतराको संकेत पार भइसकेको छ।
१०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाहले यस्तो जानकारी दिएको छ।
बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ।
विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि. मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०७:१४
प्रतिक्रिया दिनुहोस्