नेभिगेशन
समाज विविध

झापाका दुई भिन्न स्थानमा बाढीले दुई जना बगायो

दमक– अबिरल बर्षासँगै आएको बाढीका कारण झापाका दुई वटा पालिकामा खोलाले दुई जनालाई बगाएको छ। 

शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको छ। बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ।

झापाको कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा बेपत्ता भएका छन्। माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध