Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यकाका नदी र खोलामा बाढीको कहर, सुकुम्बासी बस्तीदेखि छेउछाउका बासस्थान डुबानमा

शनिबार, असोज १२, २०८१

काठमाडौं– उपत्यका भएर बग्ने नदी र खोलामा आएको बाढीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न बस्ती र छेउछाउका घर डुबानमा परेका छन्।

शुक्रबार बिहानदेखि निरन्तर आएको बर्षाका कारण बागमती, धोवी खोला, बिष्णुमतीलगायतमा जल सतह बढेपछि छेउछाउका बस्ती डुबानमा छन्। 
बागमती नदी किनारको सुकुम्बासी बस्ती जोखिममा परेको छ। 

खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उपत्यकामा नै रात्रीकालिन यात्रा नगर्नका लागि सचेत गराइएको थियो। मानवीय क्षतीको विवरण आइ नसकेपछि सूचना संकलनको काम भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्