Nic Ad Nic Ad
Nic Ad Nic Ad
बाढी

सप्तकोशी ब्यारेजमा रेड अलर्ट, जोखिममा रहेको बिहार सरकारले दियो यस्तो चेतावनी

शनिबार, असोज १२, २०८१

इटहरी– निरन्तर बर्षाका कारण आएको बाढीले सप्तकोशी ब्यारेजको जल सतह अत्यधिक भएपछि रेड अलर्ट जारी गरिएको छ। 

भारतको बिहारको दुखका रुपमा परिचित सप्तकोशीको जल सतह बढेपछि बिहार सरकारले पनि सतर्कता अपनाउन भन्दै पूर्वचेतावनी दिएको छ।

वर्षाले सप्तकोशी नदी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने चेतावनी बिहारको जल संशाधन विभागले दिएको हो।

विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो। 

जलसतह बढ्दा त्यसको सोझो प्रभाव नेपाली भूभागमा समेत पर्छ। नेपालको एक मात्र ठूलो नदी सप्तकोशीमा पानीको सतह बढ्नु भनेको बिहारका लागि नभई नेपालका लागि पनि खतराको घन्टी हो। 

स्मरणीय छ, १६ बर्षअघि ०६५ साल भदौ २ मा सप्तकोशीको बाँध बाढीका कारण भत्किँदा लाखौं घरबारबिहिन हुनुका साथै मानवीय क्षति भएको थियो। 

बिहार सरकारले नै चेतावनी जारी गरेपछि सतर्क रहन सुनसरी र सप्तरीका प्रशासनले नेपाल तिरका बस्तीका बासिन्दालाई आग्रह गरेको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्