Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरको सतर्कता सूचना शेयर गर्दै यसो भन्छन् मेयर बालेन

शनिबार, असोज १२, २०८१

काठमाडौं– नदी किनारा, खोला, खोल्साका नजिकमा प्रवेश नगर्न सतर्क गराउँदै मेयर  बालेन शाहले अत्यावश्यक सेवाका निम्ति काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना शेयर गरेका छन्।

बालेन भन्छन्– 

नियमित झरी र समय समयमा भारी वर्षा भइ रहेकोले काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएको छ। यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ।

यसकारण, नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔं, पानी जम्मा भएको सडकमा प्रवेश नगरौं, सवारी प्रवेश नगराऔं, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ् नगरौं, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौं ।

आवश्यक सतर्कता अपनाऔं। विपद सामना गर्न पूर्व तयारी गरौं।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्