नेभिगेशन
समाज विविध

काभ्रेमा पहिरो गयो, एकै परिवारका ५ बेपत्ता, २ जनाको मृत्यु

बनेपा– काभ्रेको पनौती नगरपालिका–११ मा पहिरो जाँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन्। शनिबार बिहानै पहिरो जाँदा अर्जु भण्डारीको परिवार नै बेपत्ता भएका छन् भने तीन घरमा क्षति भएको छ। 

अन्य दुई घरका परिवार भने भागेर सुरक्षित स्थानमा पुगेको स्थानीय जनप्रतिनिधि बताउँछन्। पहिरो जाने क्रम जारी रहेको पनि बताइएको छ। 

अबिरल बर्षाका कारण उद्दारमा जान सक्ने अवस्था समेत नरहेको बताइन्छ। 

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ। पनौतीको स्थानीय गर्ध खोला पहिरोले थुनेको छ। 

तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता