मुग्लिङ–नारायणगढ अन्तर्गत नौ किलोमा सडक भासियो, मर्मत गरिँदैछ
चितवन– मुग्लिङ–नारायणगढ सडक दुई मिटर भासिएको छ। चितवनको नौकिलो भन्ने ठाउँमा सडक भासिएको हो।
सोही ठाउँमा प्र–३–०१–०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएको छ।
अबिरल बर्षाका कारण सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक मर्मत गरी साना सवारी साधनलाई आवत जावत गर्न दिइए पनि ठूला सवारीलाई रोक लगाइनेछ।
यता, चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भैरहेको छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०८:३४
प्रतिक्रिया दिनुहोस्