Nic Ad Nic Ad
Nic Ad Nic Ad

बनेपा डुब्दा बीपी र धुलिखेल–खावाको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

शनिबार, असोज १२, २०८१

काभ्रे– अबिरल बर्षाले बनेमा डुबाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। 

उक्त राजमार्ग हुँदै विभिन्न स्थानका लागि बिहानैदेखि सवारी जाने तयारीमा थिए। तर, निर्माणाधिन रहेको बनेपा र धुलीखेलबीचको क्षेत्र डुबानमा परेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सो क्षेत्रमा पनि यातायात सञ्चालन अवरुद्ध भएको छ। 

त्यस्तै, जिल्ला स्थिती बीपी राजमार्गमा पनि शुक्रबारदेखि नै यातायात सञ्चालन अवरुद्ध भएको हो। उनका अनुसार वर्षासहित आएको बाढी र लेदोका कारण राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन्। 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्