नेभिगेशन
समाज विविध

उर्लियो बागमती नदी, बुद्धनगर–युएन पार्क जोड्ने पूल डुब्यो

काठमाडौं– अविरल बर्षाका कारण आएको बाढीले बागमती नदी उर्लिएको छ। छेउछाउका बस्ती छिरेको बागमतीमा बहाव सडकसम्म पनि पुग्न लागेको छ। 

बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति गरेको छ।

चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ। पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ। पुलका खम्बा ढलेका छन्।

यसैगरी धोवी खोला पनि उर्लिएको छ। छेउछाउका बस्तीमा ब्यापक पानी पसेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता