बीपी राजमार्गको नेपालथोक नजिकको सडक रोशी खोलाले बगायो
काठमाडौं– बीपी राजमार्ग अन्तर्गत काभ्रेको नेपालथोक नजिकको सडक रोशी खोलामा आएको बाढीले बगाएको छ।
पूर्वी नेपालका निम्ति व्यस्त सडक बगेपछि सवारी साधन अवरुद्ध छन्। यो राजमार्ग हुँदै पूर्वी नेपालका साथै पहाडी र हिमाली जिल्लासम्म सवारी साधन चल्छन्।
रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जोड्नेदेखि बर्दिबास हुँदै मधेस र कोशी प्रदेशसम्म सवारी साधन यहि मार्ग हुँदै चल्ने गरेका थिए।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्