Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँचथरमा पहिरोमा पुरिएर आमा छोरासहित तीनको मृत्यु, ५ बेपत्ता 

शनिबार, असोज १२, २०८१

काठमाडौं– पाँचथरको फिदिमका दुई वटा वडमा पहिरोले पुरिएर आमा छोरासहित तीन जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। 

फिदिम–१ मा पहिरोमा परेका गोपी विश्वकर्माको मृत्यु भएको हो। यसैगरी, फिदिम–४ मा खसेको पहिरोमा परी २४ बर्षिया सपना शेर्पा र उनकी ५ बर्षीया छोरी डोल्माको मृत्यु भएको हो। 

यसैगरी फिदिम–१ फेमेखोला नजिकै पहिरो जाँदा कृष्ण दाश, कमला दाश, राजेश तुम्बापो,उनकी श्रीमती सरस्वती तुम्बापो र धनकुमार तुम्बापो बेपत्ता रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्