Nic Ad Nic Ad
Nic Ad Nic Ad

अविरल बर्षाका कारण अखिल क्रान्तिकारीको सम्मेलन प्रभावित, शनिबारको बन्दसत्र स्थगित

शनिबार, असोज १२, २०८१

काठमाडौं– माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको जारी २३औं सम्मेलनको बन्दसत्र शनिबारका लागि स्थगित गरिएको छ।

अविरल बर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै सम्मेलन केन्द्र त्रिवि हलसम्म पुग्न प्रतिनिधिलाई कठिन भएपछि बन्दसत्र आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको विघटित केन्द्रीय समितिका प्रवक्ता जीपी मैनालीले जानकारी दिएका छन्।

सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने सम्मेलनमा विविध विषयमा छलफल चलिरहेका थिए।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्