Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीन जोड्ने नाकास्थित बेलिब्रिज भोटेकोशीले बगायो, तातोपानी भन्सारसँगको सम्बन्ध बिच्छेद

शनिबार, असोज १२, २०८१

काठमाडौं– कन्टेनरसहित चीनबाट सामान आयात निर्यात गर्ने तातोपानी भन्सार नाकास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको छ।

अबिरल बर्षापछिको बाढीले बेलिब्रिज बगेपछि अब चीनसँगको आवागमन बन्द भएको छ। 

पुल बगाएपछि भोटेकाशसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउमा पनि समस्या भएको छ। अब स्थानीयले जंगलको पदमार्ग प्रयोग गर्नुपर्छ।

अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो। त्यसपछि बेलिब्रिज बनाइएको थियो। 

चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले वास्ता गरेको थिएन। दशैंका सामान नाकामा ल्याएको बेलामा बेलिब्रिज बगेपछि अब व्यापारिक क्षेत्र प्रभावित हुनेछ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्