Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरहामा बाढीले बगायो हुलाकी सडक

शनिबार, असोज १२, २०८१

लहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक नै बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सिमानामा रहेको सहजा खोलाले सडक बगाएको हो ।

बाढीले शुक्रबारदेखि नै खोल्न थालेको सो सडक शनिबार आवतजावत नै गर्न नसकिने गरी बगाएको स्थानीयबासीले जानकारी दिएका छन्‌ ।

सहजा खोलामा लामो समयदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा सर्वसाधारण छेउमै रहेको सडकबाट आउजाउ गर्छन् ।

एकमात्र सडक बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।


 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्