Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाको क्याम्पमा बसेका ३७ मध्य आधा दर्जन खेलाडी बेपत्ता, पहिरोमा खसेको आशंका 

शनिबार, असोज १२, २०८१

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरस्थित इन्द्रसरोबर गाउँपालिका–३ स्थित एउटा विद्यालयमा क्याम्पमा रहेका ३७ मध्य आधा दर्जन खेलाडी बेपत्ता भएका छन्।

युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका हुन्। पहिरो गएको क्षेत्रमा रहेका कारण खेलाडीहरू खसेको आशंका गरिएको छ।

एन्फाका अनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्य अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर सम्पर्कमा छैनन्। 

आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका छ। 

खेलाडीहरु छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा दुर्घटना भएको भन्ने सूचना आएको भए पनि सम्पर्कमा नआउँदासम्म भन्न सक्ने स्थिति छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खेलाडी खोजीका लागि खटिएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्