Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी ब्यारेज झन् खतरातिर, तीन घन्टामै ७५ हजार बढेर ५ लाख क्यूसेकनजिक नदीको बहाब

शनिबार, असोज १२, २०८१

काठमाडौं– सप्तकोशी नदीमा पानीको बहाब ५ लाख क्यूसेक नजिक पुगेको छ। तीन घन्टामा नै ७५ हजार क्यूसेक पानीको बहाब बढेको हो। 

निरन्तरको बर्षाका कारण आएको बाढी घट्नुको साटो झनै बढ्दा खतराको घन्टी कायम रहेको छ। सबै ५६ ढोका खोलेर रेड अलर्ट कायम गरिसकिएको छ। 

पछिल्लो पटक कोशीमा ४ लाख ९४ हजार क्यूसेक पुगेको पानीको बहाब तीन घन्टाअघि मात्र ४ लाख १९ हजार थियो। 

भारतको बिहारस्थित जल संशाभन विभागले बर्षाको यो क्रम जारी रहे शनिबार दिउँसोसम्म ७ लाख क्यूसकेसम्म पुग्ने पूर्वचेतावनी दिएको थियो।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्