गण्डक नहरका सबै ढोका खोलिए
नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक नहरका सबै ढोका खोलिएको छ।नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढोका खोलिएको बताए ।
नारायणी नदीको बाढीले गैडाकोट २ को बोटेटोल र सुकुम्बासी टोल गएराति डुबेको छ। नारायणीको पानी पसेर पानी ३ फिट सम्म उचाई पुगेपछि यहाँका ३४/३५ घर बासिन्दालाई स्थानान्तरण गरिएको छ। अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा तीन लाख ६५ हजार क्यूसेक पानीको बहाब रहेको छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १२:१८
प्रतिक्रिया दिनुहोस्