टहरामा सहायता माग्दा नपाई बगेकाहरूको उद्धार गर्न नसकेकोबारे गृहमन्त्री लेखकको स्पष्टीकरण
काठमाडौं– सहायता माग्दा पनि नपाएर नख्खु खोलामा शनिबार बिहान बगेका चार जनालाई उद्धार गर्न नसक्नुको कारणबारे गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिएका छन्।
केन्द्रीय सुरक्षा समितिको बैठकपछि उनले भने,‘स्थालमार्गबाट उद्धार गर्न जान सम्भव देखिएन, बाढीको कहर त्यस्तो थियो भने हेलिकोप्टरबाट गर्न खोज्दा भिजिबिलिटी भएन।’
नख्खु खोलाको बाढीबीच टहराबाट उद्धारका लागि चार जनाले याचना गरेका थिए। तर, सहायता नपाउँदा बगेका विवरण सार्वजनिक भएका छन्।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्