Nic Ad Nic Ad
Nic Ad Nic Ad

१७ टोली बनाएर बालेनका तीन सय महानगर प्रहरी बाढीपीडित उद्धारमा सक्रिय (तस्बिरहरू)

शनिबार, असोज १२, २०८१

काठमाडौं– मेयर बालेन शाहले काठमाडौंभित्र बाढी पीडित र प्रभावितको उद्धारका लागि १७ टोली बनाएर तीन सय महानगर प्रहरी परिचालन गरेका छन्।

२४ सै घन्टा हटलाइन सेवा शुक्रबार नै सुरु गरेको महानगरले अधिकृत र जवानगरी तीन सय जना महानगर प्रहरी परिचालन गरिएको जनाएको छ। 

काठमाडौंको वंशीघाट, कुशेश्वर, कपुरधारा, जडिबुटी, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्यूरोड, गणेशस्थानलगायतमा उद्धारकर्ता टोली फिल्डमा सक्रिय रहेको बताइएको छ।

बालेनले भनेका छन्,‘स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई सम्बोधन गर्ने प्रयास गरेका छौं। यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो। आवश्यक सतर्कता अपनाऔं, विपद सामना गर्न पूर्वतयारी गरौं।’

uddar-3-1727511189.jpg
uddar-1727511189.jpg
uddar2-1727511190.jpg
uddar1-1727511190.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्