Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाले उदाउँदा बनाएका खेलाडी पहिरोमा गुमे, ६ किशोरको शव भेटियो

शनिबार, असोज १२, २०८१

काठमाडौं– अखिल नेपाल फूटबल संघ एन्फाको क्याम्पमा रहेका ३६ मध्यका ६ खेलाडी पहिरोमा गुमेको पुष्टि भएको छ। 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ।

सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए।

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्