विपद्मा परी काठमाडौं महानगरमा ११ जनाको मृत्यु, ११ सय बढीको उद्धार
काठमाडौं- तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म काठमाडौं महानगरभित्र ११ जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन् ।
महानगर प्रहरी बल जिल्ला विपद सहायता कक्षले दिएको जानकारी अनुसार साँझ ५ः१५ बजेसम्म खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएर ११ जनाको शव भेटिएको छ ।
अहिलेसम्म १,१६० जनाको उद्धार गरिएको छ । महानगरभित्र ३०६० जना प्रहरी परिचालन गरिएको छ । जसमध्ये महानगर प्रहरी वल ३ सय जना खटिएका छन् ।
बानेश्वर शंखमुल दोभान क्षेत्रबाट ५ जना, बल्खु कालीमाटी क्षेत्रबाट ७११ जना, कीर्तिपुर क्षेत्रबाट १५१ जना, थानकोट नागढुङ्गा र सुरुङ मार्ग क्षेत्रबाट १५२ जना, स्वयम्भु इचङ्गुनारायण क्षेत्रबाट ३ जना, बाल मन्दिर नक्साल क्षेत्रबाट ११० जना, कोटेश्वर, बालकुमारी र झोलुङ्गे पुल नजिकबाट २८ जनाको उद्धार गरिएको छ ।
वर्षाले १३४० वटा घर घर डुवानमा परेको छ भने त्यसैगरी ७४ वटा पशु चौपाय क्षति भएको छ ।