नेभिगेशन
समाज विविध

सप्तकोशी नदी उर्लियो : ६ लाख क्यूसेक कटेपछि दुई किलोमिटर सप्तरी कंकालिनी मन्दीरतिर सिपेज

काठमाडौं– अबिरल बर्षाका कारण आएको बाढीले कोशी ब्यारेजस्थित सबै ५६ ढोका खोले पनि नदीमा बहाबको न्यूनिकरण भएको छैन। 

रातीसम्म ६ लाख क्यूसेक पानीको बहाब कटेसी नदी सप्तरीतिर सिपेज सुरु भएको छ।

नदीको अवस्था बुझ्न नजिक रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झाले क्यानडा नेपाललाई दिएको जानकारीअनुसार नदीको सिपेज भारदहस्थित कंकालनी मन्दीर नजिक पुगेको छ। 

सप्तरी प्रशासनले सिपेज रोक्नका लागि यो समाचार तयार पार्दासम्म तीन ट्रयाक्टर बालुवासहित मुछिएको बोराले बाँधमा सम्याउने काम गरेको छ। 
तर, ब्यारेजको बहाव अहिलेसम्म घटेको छैन। बर्षा नभएको स्थिति भए पनि नदी कुन बेला कहाँ फुट्छ भन्ने शंका रहेको जिल्ला प्रशासन कार्यालय

सुनसरी र सप्तरीले अनुमानको दायरामा राखेका छन्। 

यदि सप्तकोशी नेपालतर्फ फुटेको खण्डमा सप्तरी र सुनसरीलगायतका जिल्लामा असोचनिय क्षति हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध