Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

आइतबार, असोज १३, २०८१

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।

अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न उनले आइतबार बिहान १० बजे बस्ने गरी शनिबार राति सर्वदलीय बैठक आव्हान गरेका थिए । 

 सरकारले  राहत तथा उद्धारमा ढिलाई  गरेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका थिए । सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।


 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्