Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

आइतबार, असोज १३, २०८१

गोरखा - शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । 

शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।

उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्