Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीबाट सुनसरीमा ५ सयभन्दा बढी परिवार प्रभावित

आइतबार, असोज १३, २०८१

इनरुवा (सुनसरी) - बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए । 

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्