नेभिगेशन
समाज विविध

माथिल्लो तामाकोशीमा पहिरोः पुरिएका दुई सैनिकसहित चार जना अझै बेपत्ता

काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गएको पहिरोमा पुरिएका दुई जना नेपाली सेनाका कर्मचारीसहित चार जनाको अवस्था अझै पनि पत्ता लागेको छैन। 

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको आयोजनामा सुरक्षारार्थ रहेका सैनिक तथा आयोजना कर्मचारी पहिरोमा पुरिएका थिए। 

शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको थियो।

उक्त स्थानमा उद्धार टोली अहिलेसम्म पनि पुग्न नसकेको आयोजनाले जनाएको छ।

काठमाडौंबाट नेपाली सेनाको हेलिप्कटर आयोजनास्थलमा जाने तयारी छ। पहिरोले भवन भत्काएको ठाउँसम्म पुग्नका लागि आयोजना निर्माणमा काम गर्दै आएको रोल्वालिङ कन्सट्रक्सनका उपकरण लैजाने तयारी छ।

आयोजनाका कर्मचारीहरुले यो अवस्था कल्पना बाहिरको भएको बताएका छन्। हराएकाहरुको परिचय खुल्न सकेको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध