Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तीको आक्रमणमा किसानको मृत्यु

आइतबार, असोज १३, २०८१

कञ्चनपुर - हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेको हो । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए ।  उनी हात्ती धपाउन गएका थिए ।  घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्