नेभिगेशन
सुरक्षा–अपराध
जनसेवा

ओझेलमा परेको प्रखर उद्धारकर्मीका आफ्नै छन् पर्मः सशस्त्र प्रहरीको अभूतपूर्व कर्म (भिडिओ)

काठमाडौं– खासगरी बाढीमा सशस्त्र प्रहरीको उद्धार टोली सबैभन्दा अब्बल रहेको मानिन्छ। यसैकारण पनि उसले उद्धारका निम्ति विशेष टोलीसहितको प्रशिक्षण केन्द्र पनि स्थापना गरेको छ। 

देशका विपद पर्दा सबै सुरक्षा निकाय एक ढिक्का भएर उद्धारमा खटिने गरेका छन्। तर, सुरक्षा निकायमा पनि ओझेलमा पारिएको सशस्त्र प्रहरीको पर्मको चर्चा खासै हुने गरेको छैन। apf-1-1727585760.jpg
उसको कर्मको गीत खासै गुन्जिएको पाइन्न। तर, उक्त सुरक्षा निकायले देशले सुम्पिएको जिम्मेवारीलाई अत्यधिक मिहिनताका साथ पूरा गरिरहेको छ। 

सुव्यवस्थित सांगठनिक संरचना र चलायमान संगठनका कर्मचारी आँटिला, फूर्तिला र कर्मशील रहेका प्रमाण हरेक पटक पेश गरिरहेका छन्। 

एक उच्च अधिकारी भन्छन्,‘सरकारले दिएको जिम्मेवारी, संगठनको निर्देशन र जनताको सेवा नै हाम्रो धर्म हो। हामी पीडामा रहेका जनतासँग सँधै नै सामिप्य छौं।’

सशस्त्र प्रहरी बल उद्धार कार्यमा खटिएको भिडिओ

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध