Nic Ad Nic Ad
Nic Ad Nic Ad

झ्याप्ले खोलामा थप ३ शव भेटियो

आइतबार, असोज १३, २०८१

काठमाडौँ - झ्याप्ले खोलामा पुरिएको अवस्थामा आज थप ३ शव फेला परेको छ । 

फेला परेका शव गोरखाबाट काठमाडौँतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसको हुनसक्ने आशंका गरिएको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । फेला परेको बसको पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

 झ्याप्ले खोलामै शनिबार दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो । तीमध्ये नौ जनाको सनाखत समेत भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्