Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा केन्द्रीय समिति बैठक जारी, एजेन्डाहरू के छन् 

आइतबार, असोज १३, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी कार्यालय बनस्थलीमा जारी छ। 

रास्वपाले खासगरी तीन एजेन्डामा छलफल चलाउनेछ। सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्ने विषय र त्यसको प्रतिरोध, प्राकृतिक विपदमा परेका नागरिकको उद्धार र राहतमा सरकारलाई सुझाव अनि चीनबाट फर्किएका नेताहरूको अनुभवका विषयमा छलफल हुने बताइन्छ। 

रास्वपाले शुक्रबार नै गर्ने भनेको पत्रकार सम्मेलन आइतबारको केन्द्रीय समिति बैठक राख्ने भएपछि स्थगित भएको थियो। यसअघि विभिन्न तह र तप्काका नेतासँग शनिबार जुम मिटिङ भएको थियो।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्