Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीः दिल्लीबाट नेपालीलाई ल्याइयो, त्रिवि विमानस्थलमा उनका दाईलाई सीआईबीले समात्यो

आइतबार, असोज १३, २०८१

काठमाडौं– पोखरा र बागलुङको इमजेज सहकारी तथा सूर्यदर्शन सहकारीमा ठगी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देवकुमारलाई अनुसन्धान जारी राखेको जनाएको छ।  

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय देवकुमारलाई शनिबार काठमाडौं ल्याइएको हो। उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरिएको छ।

सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको सीआईबीले भनेको छ।

यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए। देवकुमार नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो।

पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने सीआईबीले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्