Nic Ad Nic Ad
Nic Ad Nic Ad

यात्रुलाई छुट सुविधा दिन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणको आग्रह

आइतबार, असोज १३, २०८१

काठमाडौँ- नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरूले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरू नलिन विशेष आग्रह गरेको छ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि आगामी अक्टोबर २ सम्मका उडानमा विशेष छुट दिन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई आग्रह गरेका हुन्। यसअनुसार उडान मिति परिवर्तनबापतको शुल्क, नो शो चार्ज (३ घण्टाअघि नै पुग्नुपर्नेमा सो समयमा नपुग्दा अर्थात् ढिला हुँदा तिर्नुपर्ने शुल्क) , परिवर्तन हुनसक्ने भाडा (आज उड्नुपर्ने मान्छे ३ दिनपछि उड्ने भएमा) परिवर्तन नगर्न आग्रह गरिएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्