Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी, पहिरोबाट ६ विद्यार्थीको मृत्यु, ५३ विद्यालयमा क्षति

आइतबार, असोज १३, २०८१

काठमाडौँ-वर्षापछि आएको बाढी, पहिरोका कारण हालसम्म ६ जना विद्यार्थीको मृत्यु भएको छ ।

आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ६ जना विद्यार्थीको मृत्यु भएको जनाएको हो । मकवानपुरको इन्द्र सरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।

रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाँचथरको १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्