Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरमा विपद् प्रभावित तीन बिरामीको सेनाको हेलिकप्टरबाट उद्धार

आइतबार, असोज १३, २०८१

ललितपुर- ललितपुरमा विपद्मा परी घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका-७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँले जानकारी दिए ।

विपद्का घटना घटेको करिब ४० घण्टापछि जिल्लाको दक्षिणी भेगमा रहेको गाउँपालिकामा हेलिकप्टर लगेर घाइते बिरामीको उद्धार गरिएको हो । यसअघि आजै बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा तत्कालै बिरामीको उद्धारका लागि हेलिकप्टर पठाउन माग गरिएको थियो ।

यहाँ तीन वटा स्थानीय तहहरूमा सडक, विद्युत् र सञ्चार प्रणालीमा क्षति हुँदा समस्या भएको छ । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयवासीले धनजन र मानवीय क्षति बेहोर्नु परे पनि राहत र उद्धारका लागि सञ्चार समन्वयसमेत हुन कठिन भइरहेको समन्वय प्रमुख फुयाँले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्