Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

सोमबार, असोज १४, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली गत असोज ४ गते न्युयोर्क गएका थिए ।


ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्