Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलेज अफ मेडिकल साइन्सेजमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

सोमबार, असोज १४, २०८१

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका १० स्थित कलेज अफ मेडिकल साइन्स र र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सेजका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेजसँग प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउनेछन्। सीओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआईबाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सेजको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्नेछ।

तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्