Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखिल क्रान्तिकारीको नेतृत्व सहमतिमा गराउन प्रचण्ड असफल, उमेर विवादमा पनि हुने भयो निर्वाचन

सोमबार, असोज १४, २०८१

काठमाडौं– माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट नयाँ नेतृत्व चयन सहमतिमा गराउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असफल भएका छन्।

सोमबार बिहान अखिलका अध्यक्षका प्रत्यासीसहित पदाधिकारीका आकांक्षी प्रचण्डनिवास खुमलटारमा छलफल गरे पनि कुनै सहमति हुन नसक्दा अब नेतृत्व निर्वाचन प्रक्रियाबाट हुनेछ। 

अन्तिम समयसम्म सहमति र सर्वसम्मतीमा नेतृत्व चयनमा प्रचण्डको जोड थियो। तर त्यो सम्भव हुन नसकेको एक नेताले बताए। 

यता, अखिल क्रान्तिकारीमा अहिले संगठनमा कहिलेसम्म रहने भन्ने उमेरका तीन विवाद छन्। २८, ३० वा ३२ बर्षसम्म संगठनमा रहने कि नरहने भन्ने विषयमा पनि मतदानबाट निर्णय लिइने भएको छ। 

क्रान्तिकारीको सम्मेलन त्रिभुवन विश्वविद्यालयको हलमा चलिरहेको छ। बन्द सत्रमा अहिले विविध विषयमा छलफल जारी रहेको र अब नेतृत्व चयनको विषयमा प्रवेश गरिने बताइएको छ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्