Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्याज र गाजरको मूल्य आकासिँदै, पार्सलेको मूल्य २ हजार २६६ रुपैयाँ पुग्यो

सोमबार, असोज १४, २०८१

काठमाडौं - बाढी पहिरोले सडक सञ्जाल टुटेपछि तरकारीको मूल्यमा परेको प्रभाव आजपनि कायमै रहेको छ । उपत्यकाबाहिरबाट काठमाडौं प्रवेश गर्नै सडकमा पहिरो गएपछि सवारी साधन प्रवेश गर्न पाएका छैनन् । जसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा परेको छ ।

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी ११० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ८३.७५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७४ रुपैयाँ रहेको छ ।

भारतीय सुकेको प्याजको मूल्य बढेर १३० रुपैयाँ पुगेको छ । जबकी हिजो ११८.३३ रुपैयाँमा कारोबरा भइरहेको थियो । यस्तै गाजरको मूल्य पनि उच्च पुगेको छ । लोकल गाजर २२६.६७ रुपैयाँ, तराईको गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, तराईको बन्दा ८५ रुपैयाँ पुगेको छ । हिजो लोकल गाजर १९० रुपैयाँ, तराईको गाजर १६० रुपैयाँ, लोकल बन्दा ८५ रुपैयाँ, तराईको बन्दा ७० रुपैयाँ थियो

स्थानिय काउली १३० रुपैयाँ, रातो मूला २७.६७ रुपैयाँ र सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ तोकिएको छ । यस्तै भन्टा ९५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र तितो करेला आज ११० रुपैयाँ रहेको छ ।

लौका ९५ रुपैयाँ, घिरौला ११० रुपैयाँ, रायो साग ९५ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, तोरीको साग ७५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ रुपैयाँ छ ।

यस्तै कन्य च्याउको १८० रुपैयाँ, डल्ले च्याउको च्याउ ४२६.६७ रुपैयाँ, ब्रोकाउली १७६.६७ रुपैयाँ, चुकुन्दर ९५ रुपैयाा, रातो बन्दा १७६.६७ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, सेलरी ७५० रुपैयाँ, पार्सले २ हजार २६६.६७ रुपैयाँ, पुदीना ७५० रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, अदुवा १९० रुपैयाँ, खु्र्सानी सुकेको ४२६.६७ रुपैयाँ, खु्र्सानी हरियो १७६.६७ रुपैयाँ, खुर्सानी हरियो (बुलेट) १९० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्