Nic Ad Nic Ad
Nic Ad Nic Ad

धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए

सोमबार, असोज १४, २०८१

काठमाडौं– धादिङ प्रहरी प्रमुख गौतम केसीलाई प्रधान कार्यालयले तानेको छ। उनको स्थानमा प्रहरी उपरिक्षक (एसपी) दीपेन्द्र शाहीलाई पठाइएको छ। 

विपत्तिका बेला कार्य सम्पादन राम्रो नगरेको भन्दै प्रधान कार्यालय तानिएको हो। प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर बाहिर रहेका बेला नै धादिङ प्रहरी प्रमुखबाट केसीलाई हटाइएको हो। 

यसअघि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेन्द्रदेव पाण्डेलाई तानेको थियो। उनको ठाउँमा सुमन घिमिरेलाई पठाइएको छ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्