Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपदले बन्द सडक आजैदेखि खुलाउने निर्णय, आवश्यक व्यवस्था भौतिक मन्त्रालयलाई गर्न निर्देशन

सोमबार, असोज १४, २०८१

काठमाडौं– बाढी र पहिरोका कारण बन्द रहेका काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाका सडक सुचारु गर्ने व्यवस्था आजैबाट गरिने भएको छ। 

सिंहदरबारमा बसेको विपद व्यवस्थापन समितिको बैठकले सडकमा अलपत्र रहेका यात्रुलाई गन्तब्यमा पुराउनका निम्ति सडक सुचारु गर्ने र त्यसका लागि भौतिक व्यवस्था तथा यातायात मन्त्रालयले व्यवस्था गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। 

सो बैठकले विपदमा परी बेपत्ता भएका नागरिकलाई मृतक सरहको क्षतिपूर्ति दिने निर्णय गरेको छ। १० दिनभन्दा बढीसम्म बेपत्ता भएकाले सो सरहको क्षतिपूर्ति पाउने बताइएको छ। 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्