Nic Ad Nic Ad
Nic Ad Nic Ad

पति गन्हायो भन्दै बिहे गरेको ४० दिनमै पत्नी डिभोर्स माग्दै परामर्श केन्द्र पुगेपछि...

सोमबार, असोज १४, २०८१

काठमाडौं– बिहे गरेको ४० दिन पनि नपुगी एक जना महिला पतिसँग डिभोर्स गराइदिन माग गर्दै परिवार परामर्श केन्द्र पुगेकी छन्।

महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै भारतको उत्तर प्रदेश आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी थिइन्। 

पति गन्हाउने गरेको, बिरलै मात्र नुहाउने गरेको र मैला हुँदा लुगा समेत नफेर्ने गरेको महिलाको गुनासो थियो।

पतिको जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो भएको उनको भनाइ थियो। 

यसबारे पतिसँग सोधपुछ गर्दा आफूले महिनामा एक दुई पटक मात्रै नुहाउने गरेको र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको परामर्श केन्द्रलाई बताएका थिए। 

बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो। केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन्।

लगत्तै महिलाको माइतीले दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरे। आफूले बिहे गरेर गएको ४० दिनमा पतिले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो।

आफ्नी नयाँ बेहुलीले कर गरेको भएर पतिले आफूले नुहाउने गरेको भन्दा केही बढी नै नुहाएका थिए। बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए। तर महिला उनीसँगको फर्किन तयार भइनन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्