Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपद राहत कोषमा कांग्रेसका सांसदको १५ दिनको तलब, संसदीय दल बैठक डाकियो

सोमबार, असोज १४, २०८१

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक मंगलबार दिउँसोका लागि डाकेको छ। 

प्राकृतिक विपदको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो। नयाँ बानेश्वरमा हुने बैठकमा बाढी पहिरो पीडितका लागि सरकारको राहत कोषमा सांसदले १५ दिनको तलब जम्मा गर्ने निर्णय हुनेछ। 

यसबाहेक राहत, उद्दारलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ। यसअघि पार्टीले भने विपद कोषमा ५० लाख दिने छुट्टै निर्णय गरिसकेको छ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्