Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोका कारण राजमार्ग अबरुद्धः उपत्यका, बागमती, गण्डकीबाहेकमा छैन समस्या (विवरणसहित)

सोमबार, असोज १४, २०८१

काठमाडौं– बाढी पहिरोका कारण उपत्यका, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश राजमार्गमा समस्या रहेको नेपाल प्रहरीले जनाएको छ। 

सोमबार प्रहरी प्रधान कार्यालयले अध्यावधिक गरेको विवरणअनुसार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका राजमार्गमा कुनै पनि समस्या छैन भने अन्यका अधिकांश सडकमा अबरोध रहेको छ। 

उपत्यका जोड्ने प्रायः सबै नाका बन्द छन्। सडकमार्ग जोडिने क्षेत्रहरुमा अबरोध कायमै रहेको छ।

कोशी प्रदेशका भने केही राजमार्ग एकतर्फी मात्र खुलेका छन्।

विवरण हेर्नुहोस् 

police-1-1727687339.jpg
police-2-1727687339.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्