Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली अवतरण हुने भएपछि आधा घण्टा विमानस्थलका अन्य उडान बन्द

सोमबार, असोज १४, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । 

ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए । ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्