Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाई पूर्पक्षका लागि थुनामा जाने सम्भावना, अदालतमा मुद्दा दायर गरियो

सोमबार, असोज १४, २०८१

काठमाडौं– साइबर अपराध गरेको प्रहरीको प्रतिवेदनको ठहरसँगै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईविरद्ध अदालतमा मुद्दा दायर गरेको छ। 

सोमबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। यस्ता मुद्दामा प्रायः अदालतले पूर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने या सिधा जेल पठाउने गरेको छ। 

रास्वपाकि केन्द्रीय सदस्य ज्वाला संग्रौलाले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रसाईं पक्राउ गरिएका थिए। तर प्रसाई तर्फका कानुनकर्मीले भने अदालतले धरौटीमा छाड्ने दाबी गरेका छन्।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्