नेभिगेशन
राजनीति

अमेरिकाबाट फर्किएर काठमाडौं ओर्लिए प्रधानमन्त्री ओली, अब मन्त्रिपरिषद बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ११ दिनको अमेरिका बसाईपछि सोमबार दिउँसो सवा ४ बजे काठमाडौं ओर्लिएका छन्। 

उनी अवतरण गर्ने भएपछि विमानस्थलका अन्य उडान आधा घन्टा अवरोधमा परेका थिए। 

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए।

नेपालमा विपद हुँदा प्रधानमन्त्री ओली अमेरिकामा नै रहेको भनी आलोचना भएको थियो। उनले दोहा ट्रान्जिटमा रहँदा नै सोमबार साँझका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति