Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २७ हजार रन पुरा गर्ने खेलाडी बने विराट कोहली

सोमबार, असोज १४, २०८१

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेटमा विराट कोहली सबैभन्दा छिटो २७००० रन पुरा गर्ने खेलाडी बनेका छन्।

कोहलीले भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको सबैभन्दा छिटो २७ हजार रन पुरा गरेको कीर्तिमान तोडेका छन्। तेन्दुलकरले ६२३ इनिङ्समा २७००० रन बनाएका थिए भने कोहलीले मात्र ५९४ इनिङ्समा सो रेकर्ड बनाउदै  ६०० भन्दा कम इनिङ्समा २७००० अन्तर्राष्ट्रिय रन पूरा गर्ने एक मात्र क्रिकेटर बनेको छन् ।

सबैभन्दा छिटो २७००० अन्तर्राष्ट्रिय रन पुरा गर्ने खेलाडीहरु 
५९४ इनिङ्स – विराट कोहली
६२३ इनिङ्स – सचिन तेन्दुलकर
६४८ इनिङ्स – कुमार संगकारा
६५० इनिङ्स – रिकी पोन्टिङ

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्